
काठमान्डौ/बाँकेको नेपालगञ्जबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल हुन् ।
नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत बरामत गरीएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाइएको छ ।