शरणार्थी प्रकरणले सरकार ढल्दैन : पर्यटन मन्त्री किराँती

230
0
Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन ।

 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेकोले यो नरोकिने स्पष्ट पारे । उनले भ्रष्टाचार विरुद्धको अभियानलाई पूर्णविराम लगाउने उपर प्रश्न उठ्ने भन्दै सरकारले दूधको दूध पानीको पानी भएर आफ्नो भूमिका देखाउने बताए ।

Share: