
काठमान्डौ/क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकालगाउँ घर भई हाल काठमाडौ महानगरपालिका(१६ नयाँ बजार बस्ने ३४ वर्षीय उद्धव नेपाल भन्ने सुवर्ण मग्राती हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले पीडित बाबुराम सापकोटासहित ४ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा र चेक रिपब्लिकलगायतका देशमा पठाइदिन्छु भनी ५० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।