
काठमान्डौ/दोस्रो जनआन्दोलनमा घाइते भई हिजो निधन भएका मुकेश कायस्थको आज अन्त्यष्टि गरिने भएको छ । बनेपा नगरपालिका, बनेपा नगरपालिका भित्रका सम्पूर्ण राजनितिक दल र मुकेश फाउण्डेशनले छुट्छुट्टै विज्ञप्ति जारी गरी उनको आजै अन्त्यष्टि गरिने जानकारी दिएको छ ।
श्रद्धाञ्जली अर्पणका लागि मुकेशको पार्थिव शरिरलाई आज बिहान ११ : ३० बजेदेखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिकामा राखिएको मुकेश कायस्थ फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार आज बनेपा नगरपालिका र नगर कार्यापालिकाको प्राङ्गणमा रहेको राष्ट्रिय झण्डा आधा झुकाई नगरकार्यापालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु र स्वास्थ्य केन्द्रहरुमा समेत शोक बिदा दिइएको छ ।
नगरपालिकाले कायस्थको श्रद्धाञ्जली सभा र अन्त्यष्टिको लागि सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । नगरपालिकाले जनआन्दोलनमा सरिक भइ लोकतन्त्र प्राप्तिको लागि जीवन उत्सर्ग गरेको महानतम योगदानको कदर स्वरुप तत्काल मुकेशलाई सरकारसँग सहित घोषणा गर्न अनुरोध समेत गरेको छ ।
उनको आज दिउँसो दुई बजेपछि बनेपा नगर परिक्रमासँगै उग्रतिर्थेश्वर घाटमा अन्त्यटि गरिने फाउण्डेशनका अध्यक्ष शर्माले बताए । बनेपा नगरपालिका-८ निवासी मुकेश जनआनदोलन उत्कर्षमा पुग्दै गरिरहेको अवस्थामा आफ्नो जीवनको पर्वाह नगरी १४ वर्षको उमेरमा जनआन्दोलनमा सहभागी भएका थिए । सोही क्रममा उनको कन्चटमा गोली लागेर विगत १७ वर्ष एक महिनादेखि अर्धचेत अवस्थामा उपचाररत थिए । १७ वर्षदेखि अचेत अवस्थामा रहि हिजो ज्यान गुमाएका उनलाई राष्ट्रिय सम्मानका साथ अविलम्ब नेपाल सरकारसँग बनेपा नगरपालिका भित्रका सम्पूर्ण राजनितिक दल र बनेपा नगरपालिकाले सहित घोषणाको माग गरेको छ ।
‘जिउँदो सहिद’ मुकेश कायस्थको शव श्रद्धाञ्जली अर्पणका लागि अहिले बनेपा नगरपालिकामा राखिएको छ । उनको श्रद्धाञ्जली अर्पणका लागि स्वास्थ्य मन्त्री मोहोन बहादुर बस्नेत, पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, काभ्रे-१ का प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लाल ध्वज), प्रदेश सांसद कञ्चन चन्द्र बादे, त्यस्तै सरकारकोतर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी लगायतले श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ पुगेँका छन् ।
फाउण्डेशका अध्यक्ष नेपालका अनुसार दिउँसो २ बजेपछि मुकेशको शव बनेपा नगर परिक्रमा गरी बनेपा नगरपालिका -७ स्थित उग्रतिर्थ घाटमा मुकेश अन्त्यष्टि गरिने भएको छ ।
यस्तो छ नगरपालिका, फाउण्डेशन र नगरपालिका राजनितिक दलद्वारा जारी विज्ञप्ति: