देश बनाउन अघि बढेका युवा जोआफ्नो आलोचनाले पनि पछि हटेनन्, बने सबैको प्रेरणा !

Share:

काठमान्डौ/युवाहरू युग परिवर्तनका अभिन्न अगं हुन् । देशको आर्थिक, सामाजिक, राजनितिक तथा शासकीय पद्धति रूपान्तरणका प्रक्रियामा युवाको भूमिका महत्वपूर्ण हुन्छ । युग अनुसारको परिवर्तनका लागि व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै सम्पूर्ण विश्वकै सकारात्मक रूपान्तरणमा युवाको भूमिका उल्लेखनीय र महत्वपूर्ण छ । युगानुकूल भविष्यको परिवर्तनका भरपर्दा आधार नै सक्षम युवा हुन् ।

 

नेपालमा पनि त्यस्ता केही युवाहरु छन् । जो आफूले कर्म गरिरहेको ठाउँ, देशको नाम सँगै आफ्नो योगदान आम जनता माझ उजागर गर्न चाहन्छ । उनीहरु न कसैलाई गिराउन चाहन्छ न त आफू विरुद्धको आलोचनालाई लिएर पछि हट्न नै जानेको छन् । उनीहरु विरुद्ध आलोचना, आरोप, प्रत्यारोप पनि नआएका होइनन् । नत आरोपले डराए नत आलोचनाले नै निरन्तर आफ्नो कर्तव्यबाट कहिल्यै पर भाँगेनन् । यही निडर सोचका कारण जो अहिले देश परिवर्तनका निम्ति जोशिला युवा शक्तिमा गनिन सफल छन् ।

 

बालेन्द्र साह (बालेन)

३२ वर्षीय बालेन्द्र शाह मुलुककै जेठो तथा संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको मेयर हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय चुनावमा ठूला राजनितिक दलका आफ्ना प्रतिष्पर्धीहरुलाई झन्डै दोब्बर मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित भए । पेसाले इन्जिनियर र रुचिले गायक तथा र्यापर समेत रहेका बालेन शाह मधेशी मूलका शाह काठमाडौंको गैह्रीगाउँमा जन्मेका हुन् । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धरूपदेवी शाहका छोरा हुन् । हृवाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँदै आएका छन् ।

 

२०७२ सालको महाभूकम्प पछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि समेत बनाएका छन् । काठमाडौं महानगरपालिकामा पुराना राजनीतिक दलको धङधङी मात्रै तोडेका छैनन् बालेनले देशभरका युवामा जागरण र काठमाडौंका मतदातामा नयाँ युवा लहर ल्याइ दिएका छन् ।

 

बालेनले ६१ हजार ७ ६७ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जनाले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए ।बालेनको चुनाव चिहृनको प्रभाव यति सम्म पर्यो कि उम्मेदवारी नै नपरेको लौरोमा समेत मत आएको थियो । यो युवाको जोश, जाँगर, भिजन र मिसनका कारण आएको हो । तर जब उनी काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित भए त्यपछि साह आफ्ना भिजनलाई लिएर कडा रुपमा प्रस्तुत भए । आफ्नो प्रतिद्वन्द्वी लाई झण्डै दोब्बर मतले पछाडी पार्न सफल उनको लोकप्रियता एकाएक चुलियो ।

 

राजधानीका केही युवा माझ परिचित बालेन्द्र देशभरको जनमानसमा चिनिए । चुनाव जिते लगत्तै उनी डोजर र नगर प्रहरीका साथ सडक विस्तार अभियानमा लागेका थिए । सडक छेउछाउ निर्माण गरिएका अनाधिकृत भौतिक संरचना हटाउने देखि फुटपाथलाई आफ्नो व्यवसाय स्थल बनाएका हरुलाई उठाए आफ्नो रोजी रोटी खोसिएपछि उनीहरु महानगर विरुद्ध असन्टुष्टि व्यक्त गर्दै लुकिछिपी फुटपाथमा व्यापार गर्न भने छाडेनन् ।

 

महानगरको निर्देशन नमानेपछि लुकिछिपि फुटपाथमा व्यापार गर्ने हरुलाई महानगर प्रहरीहरुले उनीहरु विरुद्ध बल प्रयोग गर्न थाले । महानगर प्रहरीले व्यापारीहरुको ठेला देखि व्यापार गर्न राखिएका चाउचाउ, विस्कुट, फलफूल, पानी लगायतका सामानहरु जबरजस्ती खोसेर लाने गर्न थाले । बालेन्द्रको यस्तो हर्कतले फुटपाथ व्यापारी निक्कै चिडिए । उनीहरुले बालेनले आफूहरुको जिविकोपार्जन गर्न नदिएको भन्दै अनेक आलोचना गर्न थाले । उनी त्यस्ता आलेचनालाई लिएर पछि हटेनन् । आफ्नो अभियानलाई लिएर अघि बढि नै रहे । उनले अनाधिकृत भौतिक संरचना हटाउनेदेखि फुटपाथ व्यापारीलाई हटाउनेसँगै सुकुम्वासी हटाउने भन्दै डोजर लिएर सुकुम्वासी वस्ती पुगेका थिए । उनले त्यहाँ कडा आलोचना खेप्नु पर्यो ।

 

सुकुम्बासी भनिएका उनीहरुले आफूहरुले भोट दिएर जिताएको भन्दै उनीविरुद्ध नारावाजी, आन्दोलन गर्दै टायर समेत बाल्न भ्याएका थिए । बालेनको ज्यान खतरामा छ भन्दै नानाथरि गाली समेत गरे । त्यसोे त बालेन ति सर्वसाधरण जनताबाट मात्र आलोचित भएका छैनन्, बेला बखत उनी आफ्नै वडाध्यक्षहरु र उनले सामाजिक सञ्जालमा लेख्ने स्ट्याटसबाट पनि आलोचित हुँदै आएका छन् । जति आलोचना भए पनि उनी आफ्नो अभियानमा अडिग नै देखिन्छ, निरन्तर अगि बढिरहेका छन् ।

 

फलस्वरूप त्यसैले उनलाई थप निडर र खरो नेतृत्वको रुपमा चित्रण गर्दै अधिकाशंको प्रेरणाको श्रोत बनेका छन् । उनको बेला बेलामा आउने स्ट्याटस बाट उनी आलोचित पनि हुने गर्छन भने त्यहीं स्ट्याटसमा हजारौले ठिक गर्यौ भन्दै कमेन्टको ओहिरो गरेको देखिन्छ । यी सबै कुरालाई आत्मसाथ गर्दै अगि बढेका बालेन साच्चै युवा पुस्ताको रोल मोडल नै बनेका छन् । यहि तरिकाले निरन्तर अघि बढे बालेन एक दिन सर्वप्रीय युवा पुस्ताको नेता बन्नेकुरामा दुईमत भने पक्कै छैन ।

 

-लेखक : प्रमिला घिसिङ

Share: