सिंगापुर पठाइदिन्छु भनी ९५ लाख ठगी, युवक पक्राउ

168
0
Share:

काठमान्डौ/सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्‍ने २० वर्षीय सृजन निरौला रहेका छन् ।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

 

उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ ।

 

Share: