जुर्याे रातो मत्स्येन्द्रनाथको भोटोजात्राको शुभसाइत

Share:

काठमान्डौ/रातो मत्स्येन्द्रनाथको रथ लगनखेल-जावलाखेल तान्ने र भोटोजात्राको साइत तय भएको छ । स्थानीय, गुठी संस्थान र रथका पुजारीले उचित समय हेरी बिहीबार साइत तय गरेका हुन् ।

 

हाल रथ लगनखेलस्थित थटिटोलमा राखिएको छ । यहाँबाट रथ जावलाखेल लगेको तीन दिनपछि भोटो देखाउने चलन छ ।

 

११ गते जाह्वला अर्थात् भोटो जात्रा देखाइनेछ । उक्त दिन सरकारले सार्वजनिक बिदा दिने चलन छ । राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षलाई भोटो देखाएर यो जात्रा समापन हुन्छ।

Share: