प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगें रवि

122
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

 

भेटको क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री दाहाललाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह समेत गरेका छन् ।

 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

Share: