
काठमान्डौ/काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको कलेज अगाडि पर्चा बाँड्नेलाई नियन्त्रणमा लिएको छ । महानगरको नगरप्रहरीले आज बिहान उपत्यकाका परीक्षा केन्द्रको गेटमा विज्ञापन गर्दै पर्चा बाँड्ने विभिन्न कलेजका विद्यार्थी, इन्ष्टिच्युट र शैक्षिक परामर्शदाता कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
पटक पटक सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगरले जनाएको छ । महानगरका अनुसार पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।