कृषिविज्ञ मदन राई पक्राउ, बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप

काठमान्डौ/बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् । सुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई उनकै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आज नियन्त्रणमा लिएको हो ।   आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।