
काठमान्डौ/अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० घर भई हाल काठमाडौं महानगर-१५ बस्दै आएका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिन्छु भन्दै २० लाख र पटक पटक गरी १५ लाख गरी ३५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।