
काठमान्डौ/मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् ।
गाउँपालिकाको वडा नम्बर ७ स्थित डंग्राहाकाका ४० वर्षीय दिनेशकुमार माझी निमार्णाधीन रिटेनिङ वालको गुणस्तरमा प्रश्न उठाउँदै प्रसारण लाइनको टावरमा चढेका हुन् ।
उनी शनिवार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । गुणस्तरहीन काम रोक्नुपर्ने उनको माग छ ।गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।