
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
तीन नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति तरङ्गित भइरहेको बेला ठुला दलका तीन शीर्ष नेताबीच निरन्तर भेटवार्ता र छलफल भइरहेको छ ।