भ्रष्टचारविरुद्ध नेविसंघद्वारा विरोध प्रदर्शन

Share:

काठमान्डौ/नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले भ्रष्टाचारका गतिविधि बढ्दै गइरहेको भन्दै यसलाई निर्मूल पार्नुपर्ने मागसहित उनीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘अब त अति भो’ ब्यानर सहित भ्रष्टाचार देशद्रोही हो । दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

Share: