
काठमान्डौ/दाङको घोराहीस्थित राप्ति विज्ञान प्रतिष्ठानमा बिहीबार उपचारका क्रममा मृत्यु भएकी सुत्केरी महिलाको शव चारदिनसम्म परिवारले बुझेका छैनन् । केसीकी आफन्त र परिवारले उचित क्षतिपूर्तिसहित विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरेका हुन् । अहिले सहमतिका लागि दुबै पक्षबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय दाङमा डिएसपी राजन गौतमले बताएका छन् ।
पीडित पक्षले उचित क्षतिपूर्तिसहित नाबालिकाको पालनपोषण तथा शिक्षाको ज्ञारेन्टी प्रतिष्ठानले गर्नुपर्ने , मृतकका श्रीमानलाई अस्पतालमा करार सेवामा जागिर लगाउनु पर्ने लगायतका माग राखेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षीया मधु केसीलाई बिहीबार बिहान अस्पताल पु¥याइएकोमा राति ११ बजे मृत्यु भएको थियो ।
मधुले बिहीबार दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन् । जन्म दिएपनि साल नझरेपछि सोही दिन दिउँसो उनको शल्यक्रिया गरिएको थियो। अत्यधिक रक्तश्रावका कारण राति ११ बजे मृत्यु भएको थियो ।
अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै केसीका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
यो पढ्न छुटाउनुभयो की:
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, आफन्तले घेरे अस्पताल