गैडाको आक्रमणबाट ५० वर्षीय थिङ घाइते

Share:

काठमान्डौ/मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ जोगितालमा गैडाको आक्रमणबाट राप्ती नदीको बगर कासघारिमा बस्ने ५० वर्षीय भुपाल थिङ घाइते भएका हुन् ।

 

घर नजिकै जंगलमा गाईबस्तु चराउन जाँदा गैडाले आक्रमण गरेको हो । उनको दाहिने हातमा चोट लागेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

 

उनको उपचारका लागि भरतपुर पठाइएको छ । अहिले गैडा पर्सा निकुंजतर्फ गएको प्रहरीले जनाएको छ ।

 

Share: