काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ

Share:

काठमान्डौ/ काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-८, अत्तर खेल बस्ने ज्ञान हरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका-३ घर भएका ५० वर्षीय निमा शेर्पासहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग भएको नगद ८६ हजार ३५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

Share: