
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने भएको छ ।
रायमाझीलाई आइतबार साँझ काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो । उनलाई प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको छ ।
गत २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी ११ दिनमा आइतबार पक्राउ परेका हुन् । यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।