सुनको मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि पनि सोही मूल्यमा किनबेच भईरहेको छ ।

Share: