अवरुद्ध बीपी राजमार्ग खुल्यो, लेदोले पुरिएका गाडीहरु निकालिँदै(तस्बिरहरु )

Share:

काठमान्डौ/हिजो साझ भएको बर्षा पछि काभ्रेजिल्लाको रोशी गाउँपालिका वडा नं ९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर पुरिएको छ भने सोही बाढीले बगाएर ल्याएको लेदोले वि पी राजमार्गका ४ वटा गाडी पुरिएको थियो।

 

बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका वडा नं ९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनकारी दिएको छ।प्रहरीकार्यालयका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिंदा कुनै मानवीय क्षति भने नभएको जनाएको छ । घरमा भएका दुई वटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुडाहरु मात्र पुरिएको छन ।

 

बीपी राजमार्गको रोशी गाउँपालिका खण्डमा एकतर्फी यातायात सूचारु भएको छ । बीपी राजमार्ग खुलेसँगै लेदोमा पुरिएका गाडीहरू निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।आइतबारको वर्षापछि आएको बाढीले अवरुद्ध राजमार्ग आज खुलेको हो । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले केही गाडीहरु पनि पुरेको थियो ।

 

कालढुंगामा चारवटा सवारी साधन लेदोले पुरेको थियो । ती मध्ये १ वटा मात्रै निकालिएको छ । अझै ३ वटा सवारी साधन निकाल्न बाँकी रहेको ईप्रका मंगलटारले जनाएको छ ।

 

हिजो साँझ परेको पानीसंगै सडक माथिबाट आएको लेदोले रोशी गाउँपालिका क्षेत्रका विभिन्न ठाउँमा बीपी राजमार्ग अवरुद्ध भएको थियो ।गाडीसँगै त्यस ठाउँमा स्थानीयका केही पशु चौपाया पनि पुरिएको प्रहरीले जनाएको छ ।

 

तस्बिर हरु :

Share: