
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने नेकपा एमालेले माग गरेको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद ठाकुर गैरेले यस्तो माग गरेका हुन् । उनले सभामुखले ध्यानाकर्षण गराउँदा पनि किन सरकारले यो विषयमा सदनलाई जानकारी नगराएको ? भन्दै प्रश्न गरे ।
उनले भने, “सरकारले किन जघन्य विषयमा सदनलाई यति प्रगति भएको छ, यति काम गर्दै छौँ भनेर भन्नलाई के समस्या भयो ?”सरकारले अनुसन्धानमा आलटाल गरिरहेको र दोषीलाई कारबाही हुन्छ भन्ने जनतालाई विश्वास नभएको उनको भनाइ छ ।
आजकै बैठकमा सोहि प्रकरणमा रास्टीय़ स्वतन्त्र पाटीका प्रमुख सचेतक सन्तोष परियारले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रि ज्यूले संसदमा सबैलाई जानकारी गराउनु पर्छ भन्दै यो प्रकरणले नेपालको राजनीति थप बदनाम भएको उल्लेख गरेका थिए।
संगै आफ्नो पाटीले पहिले देखि नै पुराना दलले गरेको भ्रस्टाचारको कुरा उठाउदा सदैब गालि र आलोचना मात्र गर्ने भनेकोमा आज या प्रकरणको जवाफ सबै जनताले खोजेको उनको दाबि थियो।