
काठमान्डौ/काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् ।गत वैशाख १७ गते पनौतीको सामुदायिक सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानपुर इन्द्रसरोबर गाउँपालिका-५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इन्द्रसरोबर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सहकारी चोरी गर्नेहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा दुईजनालाई पक्राउ गर्न सफल भएको र घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले जनाकारी दिएका छन् ।