सकियो रेशम चौधरीको मुद्दाको बहस, आजै फैसला आउन सक्ने

169
0
Share:

काठमान्डौ/टिकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ ।

 

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार बहस सकिएपछि सकेसम्म आजै फैसला आउन सक्ने पनि बताइएको छ ।

 

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

Share: