रविको चितवन कार्यलयलाई सीईओ चाहियो

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेका छन् । चुनावी प्रतिवद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सीईओ माग गरेको रविले उल्लेख गरेका छन् । ईच्छुक र योग्यता पुगेका व्यक्तिले आउँदो जेठ १५ गतेभित्र दरखास्त दिईसक्नुपर्नेछ ।

यसको सुरुवात गत पुस ८ मै गरेको भएपनि विशेष कारणवश अगाडि बढाउन नसकेको लामिछानेको भनाइ छ ।

 

‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दक्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत सिइओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित नेपाल भित्राउन हामी इच्छुक छौँ ’, आवश्यकताको विज्ञापनमा भनिएको छ ।

Share: