पक्राउ परेका नेताले पार्टीको जिम्मेवारीबाट आफैं अलग हुनुपर्छ : गगन थापा

115
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले पार्टीको जिम्मेवारीबाट आफै अलग हुनुपर्ने बताएका छन् । थापाले आज एक विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुले आफै राजीनामा नदिए पार्टीले निलम्बन गर्नुपर्ने भनाई व्यक्त गरेका छन् ।

 

भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा पाए पार्टीले त्यसको भारी बोक्न नसक्ने उनले बताए । ‘यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ ।’

1

Share: