कामीरिताले तोडे आफ्नै विश्व कीर्तिमान, २७औं पटक पुगे सगरमाथाको चुचुरोमा

Share:

काठमान्डौ/कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

 

सोलुखुम्बुका ५३ वर्षीय पर्वतारोही शेर्पाले यसपटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन् । यसअघि २६औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो ।

 

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्षका थिए ।

Share: