प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित, दुईवटा जहाज जनकपुर डाइभर्ट

151
0
Share:

काठमान्डौ/खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

अन्य आन्तरिक उडान पनि प्रभावित भएको छन् । अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजले ओभर सुट गरिरहेका छन् ।

 

अहिले सबै उडान प्रभावित भएको छ ।

 

Share: