१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

145
0
Share:

काठमान्डौ/यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सफलता प्राप्त गरेकी छन् । चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट आरोहण गरेकी हुन् ।

 

नेपाल बिग माउन्टेन ट्राभलले आज बुधवार पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो । नेपाल बिग माउन्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको जनाइएको छ । उनी महिलामा अहिलेसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।

Share: