
काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।