राष्ट्रपति पौडेलले संसद् दुवै बैठकलाई सम्बोधन गर्ने

254
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबारको बैठकलाई सम्बोधन गर्न लागेका हुन्।राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ।

 

शुक्रबार दिउँसो ४ बजेका लागि बैठक दुवै संसद्को संयुक्त बैठक आह्वान गरिएको छ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई तोकिएको पोशाकमा दिउँसो पौने ४ बजेभित्रै आ–आफ्नो स्थानमा आएर बसिसक्न आग्रह गरेका छन्।त्यसपछि उनले शुक्रबार नै साँझ ६ बजे प्रतिनिधिसभा बैठक आह्वान गरेका छन्।

 

Share: