
पुजन धिताल :- काठमान्डौ/भुटानी शरणार्थी प्रकरणमा हाल सम्म १६ जना पक्राउ परेका छन् । आज विहान हज समितिका अध्यक्ष शमशेर मियाँ र साझ भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। रिजाल र मियाँ पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्नेहरु १६ जना पुगेका छन्। गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मिया आज बिहान सिंहदवारबाटै पक्राउ परेका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको संख्या १६ पुगेको हो।
यस प्रकरणमा यस अघिनै एमाले सचिब तथा सांसद टोप बहादुर रायमाझी, पुर्व गृहमन्त्रि बालकृष्ण खाण, बहालवाला सचिब टेक नारायण पाण्डे, टोप बहादुरका छोरा लगाएत पुर्व संविधानसभा सदस्यसहित १४ जना सबैलाई हिजो मात्र ३ दिनको म्याद थप गरिएको छ।यस प्रकरणमा संलग्नता पाएपछि मात्र प्रहरीले पक्राउ पुर्जी जारि गर्दै अनुसन्धानलाई अघि बढाएको हो । यधपी प्रहरीले अनुसन्धान गर्ने कानुनमा तोकिएको मितिको पनि प्रहरी अन्तिम समयमा छ । प्रहरीले मुद्दाको अनुसन्धान सुरु भएको ६० दिन भित्र मुद्दा दायर गरिसक्नु पर्नेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसको संलग्नता कसरी ?
नक्कली भुटानी शरणार्थी प्रकरणमाहालसम्म १६ जना पक्राउ परिसकेका छन् । जसमा गृहमन्त्रालय अन्तर्गतका हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेसंगै पक्राउ पर्नेहरु १५ जना भएका छन् । गृहमन्त्रि, पुर्वमन्त्रि, बहालवाला सचिब, पुर्व संविधानसभा सदस्य र मन्त्रीकै छोराको संलग्नता देखिपछि पक्राउ गरिसकिएको छ । यस प्रक्ररणमा पक्राउ परेकाहरु मध्ये मोरङ स्थायी घर भई ललितपुरमा बस्ने केशव दुलाल जो २०६६ जेठदेखि २०६७ माघ २३ सम्म परराष्ट्रमन्त्रीसुजाता कोइराला हुदा उनको स्वकीय सचिव भई काम गरेका बखतबाट नै उनिलाई जानकारी भएको र त्यसपश्चात प्रमाणीकरणमा छुटेका शरणार्थीको नामावली संकलनको कार्य प्रारभ भएसंगै फर्जी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुल गर्ने योजना दुलाल आफैले बनाएका थिए ।
केशवले आफ्नै योजना ललितपुरकै सानु भण्डारीलाई सुनाए र यस प्रकरणलाई पुरा गर्न गृहमन्त्रि ,सचिब सहितको मिले माटो चाहिने हुदा यी सबैलाई हातमा लिन र कार्यपुरा गर्न भण्डारी र दुलाल तल्लिन भएका हुन् । रकम ठुलो हात पर्ने भएपछि एक पछि अर्को गर्दै मन्त्रि र मन्त्रीका सुरक्षासल्लाहाकार समेतले राजि जनाएपछि सबैको सक्रियतामा छुट शरणार्थी दर्ता गर्न परिपत्र तयार पार्ने र गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको देखिन्छ ।
दुलाल र भण्डारीले अब नक्कली भुटानी शरणार्थी बनाएरबाहिर पठाउने मान्छेको खोजीमा लागे र आफ्ना विस्वासिला पात्रलाई जान इच्छुक व्यक्तिको खोजि र रकम कारोबारमा लगाउन टंक गुरुङ र सागर राईलाई जिम्मा दिए । अमेरिका जान चाहने नक्कली शरणार्थीहरूको खोजी गर्न लागि भण्डारीले दाङका सन्देश शर्मा लाई पनि परिचालन गरेका हुन् । पैसा बुझाएर नक्कली शरणार्थी बन्न इच्छुक विभिन्न व्यक्तिहरू देशका विभिन्न जिल्लाहरु दाङ, प्युठान, रुकुम, रोल्पा लगायतका जिल्लाबाट तयार गरे र एक जनाबाट कम्तीमा १० लाखदेखि अधिकतम ४५ लाख रुपैयाँसम्म उठाएर ३३ करोडभन्दा बढी रकम असुल गर्न समेत भ्याएका थिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन भई एमाले र माओवादी छुट्टिएपछि तत्कालीन गृहमन्त्री थापा र तत्कालीन ऊर्जामन्त्री रायमाझी एमालेतिर लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएपछि बादल र रायमाझीको मन्त्री पद पनि गएको थियो।देउवा नेतृत्वको सरकारमा खाँणले गृहमन्त्रीको जिम्मेवारी पाएका हुन्। तत्कालीन गृह मन्त्रालयकै सल्लाहकार, मन्त्री लगायतको मिलेमतोमा करोडौँ ठगी भएको भन्दै उजुरी परेपछि सो उजुरीको बोधार्थ गृह मन्त्रालयसम्म पुगेको हो । मन्त्री खाँणकै रोजाइमा २०७८ साउन २७ गते गृह मन्त्रालयमा सरुवा भई आएका सचिव टेकनारायण पाण्डेले गिरोहका सदस्यहरूलाई सम्पर्क गरी यस विषयमा के कसो भएको हो भनेर जानकारी लिन थालेका थिए ।
गिरोहका सदस्यहरू दुलाल र भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, एमाले नेता रायमाझी लगायतले पैसा बुझेको, तर काम हुन नपाएको भन्दै काम भएमा अहिलेका सचिव र मन्त्रीलाई पनि पैसा दिने लोभ देखाए र प्रलोभनमा पार्न सफल भएको देखिन्छ।शुरूमा गृह मन्त्रालयका सचिव पाण्डेले नै गृहमन्त्री खाँणलाई यसबारे सारा जानकारी दिएका थिए। त्यसपछि उनले गिरोहका सदस्यहरू दुलाल र भण्डारीबाट पैसा लिन सकिने व्यहोरा जानकारी गराए । पाण्डेमार्फत् नै गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले तत्कालीन गृहमन्त्री खाँणलाई समेत भेट गरेको शर्माले आफ्नो वयानमा उल्लेख गर्दै आएका छन् ।
यसरी यस प्रकरणमा संलग्न रहेका सबीको एक पछि अर्को गर्दै संलग्नता प्रमाणितभए पछिमात्र प्रहरीले अदालतबाट आदेशलिई पक्राउ पुर्जी जारि गरेर नै पक्राउ प्रक्रिया र अनुसन्धानलाई अगाडी लागेको छ। यधपी प्रहरीले आफ्नो अनुसन्धान भने सकेको छैन। अनुसन्धानमै रहेकाले र हाल सम्मपनि भीआईपीकै संलग्नता पुस्टि हुदै जानु र प्रहरीले पक्राउ नै गर्नुले यस ठगि प्रकरणमाथप को भीआईपी तानिन्छन र संलग्नता पुस्टि हुन्छ ,पक्राउ पर्छन भन्ने अन्योल कायम नै छ ।
को-को कहिले-कहिले पक्राउ परे ?
गत चैत १२ गते भुटानी शरणार्थीको नामको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका थिए । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले पक्राउ गरेको हो ।यस प्रकरणमा जोडिएका प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुलेका आरोपितमध्ये मोरङका दुलाल, ललितपुरका भण्डारी र पाँचथरका टंक गुरुङलाई पहिलो चरण गत चैत्र १२ गते पक्राउ परेका हुन्। त्यस पश्चात ३ दिनपछि चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका(१० का पूर्ववडाध्यक्ष सागर राई पक्राऊ परेका थिए । संगै भारतमा लुकेर बसेका र दाङका शर्मा चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको हुन्।
पक्राउ परेकाहरूविरूद्ध संगठित ठगीमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान निरन्तर अगि बढाएकै बेला पुन स् वैशाख १९ गते तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्र जित राई पक्राउ परेका हुन् । फेरी बैशाख २० गते भने उपराष्ट्रपति कार्यालयमा कार्यरत तत्कालीन गृहसचिव पाण्डे र एमाले सचिव रायमाझीका छोरा सन्दीप पक्राउ परेका थिए ।त्यसपछि प्रहरीले फेरी बैशाख २६ गते रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता खाँण र गृहमन्त्रीकालमा उनको स्वकीय सचिव रहेका नरेन्द्र केसी बैशाख २८ गते बिहान पक्राउ परेका थिए ।
त्योसंगै एमालेका सचिब एवं सांसद टोप बहादुर रायमाझी बैशाख ३१ गते साँझ पक्राउ परेका हुन् । उनीसंगै जेठ १ गते फरार नै रहेका आङटावा शेर्पाले आत्मसमर्पण गरेपछि यस प्रकरणमा पक्राउ पर्ने १५ जना पुगेका थीए । यस प्रकरणमा आज बिहानमात्र हज समितिका अध्यक्ष शमशेर मियाँ र साझ भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई साझ प्रहरीले पक्राउ गरेको छ।यी दुई पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्नेहरु १६ जना भएका हुन् ।
मियाँ आज सिहदरबारबाट नै पक्राउ परेका हुन् । यस प्रकरणमा हज समितिका मियाँ र रिजाल पक्राउपरेपछि पक्राउ पर्नेहरु १६ जना भएका छन् । यसै प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जिनै जारी गरिसकेको पुर्वगृहमन्त्रि राम बहादुर थापा “बादल ” का छोरा प्रतिक थापा भने हाल सम्म फरार छन् ।
अनुसन्धानका लागि प्रहरीलाई अब ५ दिन
सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँने गर्दछ । त्यसअन्तर्गत प्रहरी प्रधान कार्यालयका अनुसार मुद्दा सुरु भएको ४९\५० दिन भइ सकेकाले अब छिट्टै मुद्दा दर्ता गरिने जानाकारी प्रहरी प्रधान कार्यालयले गराउँदै आएको छ।
सङ्गठित अपराधको मुद्दामा ६० दिन अगाडि नै सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा पुर्उर्याउनुपर्ने भएकाले अब पाँच(सात दिनभित्र सबै टुङ्ग्याएर अदालतमा लगिसक्ने छ। आरोपितहरू फरकफरक दिन र समयमा पक्राउ परेका भए पनि यो मुद्दामा अब १० दिन भित्र नै अनुसन्धान सकेर मुद्दा दर्ता हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानाएको छ ।
यो समाचार पढ्नुभयो ?
भुटानी शरणार्थी ? नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रम र यथार्थ ! प्रहरीलाई १० दिनको म्याद