रबि लामिछाने जन्म जिल्लाको गृहनगर जादै , खरेल पनि काभ्रेबाटै सक्रिय हुदै

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने जेष्ठ ६ गते काभ्रेको पाँचखाल र मन्डनदेउपुर पाटीको कार्यक्रमका लागि आउने भएका छन् ।पार्टीको नगर सभालाई सम्बोधन गर्न केन्द्रिय सभापति लामिछाने आउन लागेको रास्वपाका जिल्ला संयोजक प्रविन ढकालले जानकारी दिए । केन्द्रिय सभापति रवि लामिछाने सहित पार्टिका नेता रमेश खरेल, अन्य केन्द्रिय नेता तथा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टिका जिल्ला संयोजक प्रविन ढकालले जानकारी दिएका छन् ।

 

 

रास्वपाको नगरको विस्तारित भेला कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापती रबि लामिछाने आईरहँदा केन्द्रिय नेता रमेश खरेल काभ्रेमा आउनुलाई भने निकै महत्वका साथ हेरिएको छ । पुख्र्यौली थलो पाँचखाल खरेलथोक भएका नेता खरेलले पहिलोपटक काभ्रेमा यति ठुलो नगर भेलालाई सम्बोधन गर्दै छन् ।आगामी निर्वाचनमा रमेश खरेल काभ्रेबाट रास्वपाको उम्मेद्वार बनेर आउने कुरालाई नजिकबाट हेरिएको र अब उनि आफ्नै पुख्र्यौली थलो काभ्रेमा सक्रिय हुने संकेत देखिएको विष्लेशकहरु बताउँछन् ।

 

गत संसदिय चुनावमा पनि खरेल काभ्रेबाट स्वतन्त्र चुनाव लड्ने भनिएपनि पछि पहिलो पटक स्वतन्त्र उम्मेद्वारका रुपमा मंसिर ४ मा काठमाडौं १ बाट र दोस्रो पटक रास्वपा बाट बारा २ चुनावी मैदानमा आएका थिए । दुवै स्थानबाट उनले पराजय भोगेका थिए । अबको ध्यान भने खरेल आफ्नै थलो तर्फ मोडिएको हुन सक्ने आंकलन गरिएको छ ।

 

नगरभेलामा काँग्रेस, एमाले, माओवादी पार्टी परित्याग गरेर ठुलो संख्यामा नेता, कार्यकर्ता रास्वपा प्रवेश गर्ने बुझिएको छ । रास्वपा काभ्रे जिल्लाका दुई पालिका पाचाखाल र रबि लामिछाने जन्मिएको गृह नगर मण्डनदेउपुर नगरभेला भोलि आयोजना गरिएको छ। उनि संगै अन्य रास्वपाका केन्दीय स्थरका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति हुने बुझिएको छ।

 

 

Share: