बाल यौन दुर्व्यवहार आरोपमा कृषि शाखा प्रमुख पक्राउ, ७ दिन म्याद थपेर अनुसन्धान हुँदै

155
0
Share:

काठमान्डौ/बाल यौन दुर्व्यवहारको आरोपमा कृषि शाखा प्रमुख पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटुवाल पक्राउ परेका हुन् ।

 

बालिकाका आफन्तले कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । राजीनामा दिएर केही दिनदेखि फरार रहेका कटुवाल जेठ २ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

 

कटुवालले २०७९ मङ्सिर १७ गते आफ्नै घरमा बोलाएर उक्त बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको सिंहले बताए ।

 

प्रहरी निरीक्षक सिंहका अनुसार ओखलढुङ्गा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

Share: