प्रहरीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई आइतबार टुङ्ग्याउने

249
0
Share:

काठमान्डौ/प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई आइतबार टुङ्ग्याउने भएको छ । नेपाली नागरिकलाई राज्यसंयन्त्रकै मिलेमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको सङ्गठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुङ्ग्याउने भएको हो ।

 

बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो। १६ जना पक्राउ परेकोमा दुईजनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालय अन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान नै नभएको जनाइएको छ ।

 

शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारी वकिलले शुक्रवारभित्रै बुझाउन भनेको थियो। सङ्गठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्च पदस्थलाई समेत प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

Share: