
काठमान्डौ/रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ । दुवै खुट्टा गुमाए पनि यही जेठ ५ गते दिउँसो ३ बजे बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए ।
रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौँ फर्किँदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् ।