बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

Share:

काठमान्डौ/बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरु पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 

कांग्रेसबाट रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्दा पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वतावरण मन्त्री बनेका छन् ।यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।

 

Share: