नक्कली भुटानी शरणार्थी प्रकरणमा मिसिल अध्ययन गर्न ८ सदस्यीय टोली, प्रहरीले ९ गते भित्र मुद्दा दर्ता गरिसक्नु पर्ने

Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएपछि सरकारी वकिलको कार्यालयले अध्ययन गरी अभियोग पत्र दर्ता गर्न आठ जनाको टोली बनाएको छ।मुद्दाको मिसिल आइसकेपछि त्यसको अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नका लागि आठ जना सरकारी वकिलको टोली बनाइएको हो। प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले आइतबार प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा रहेको बताउनुभयाे।

 

“हामीलाई आज प्रहरीले प्रतिवेदन बुझाएपछि आज र भोलिभित्र अध्ययन गरेर अभियोग दायर गरिसक्नुपर्ने छ। २४ घण्टा रातदीन काम गरेर भए पनि हामीले पर्सि मुद्दा अदालतमा दर्ता गर्नैपर्छ उनले बताए।प्रहरीले यो प्रकरणको अनुसन्धान गरेको ५८औँ दिन आइतबार पुगेको छ। ६० दिनभित्रमा यो मुद्दामा अनुसन्धान सकेर अभियोग दायर भइसक्नुपर्ने हुन्छ।

 

यो समाचार पढ्नु होस् :

नक्क्कली भुटानी शरणार्थी प्रकरण : बाघ भोकै मर्छ तर घास खादैन ओली म्याउ म्याउ गर्दैन? : ओली

 

यो पनि पढ्नुहोस :

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ, को-को परे पक्राउ, कसको दोस कस्तो ? अनुसन्धानलाई प्रहरीलाई अब ५ दिन !

 

र यो पनि :

 

भुटानी शरणार्थी ? नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रम र यथार्थ ! प्रहरीलाई १० दिनको म्याद

Share: