
काठमान्डौ/साताको दोस्रो दिन आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।