ओली प्रति माधबको कटाक्क्ष बनिसकेको सरकार हातबाट किन फुत्कियो ? सत्तोसराप गरेर हुँदैन

156
0
Share:

काठमान्डौ/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो समीक्षा गर्न आग्रह गरेका छन्।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले ओलीलाई लक्षित गर्दै यस्तो सुझाव दिएका हुन्।

 

सबै एकजुट भए देश बनाउन सक्ने उल्लेख गर्दै एकले अर्कालाई घोचपेच नगर्न सुझाए।ओलीलाई लक्षित गर्दै भने, ‘आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन बेग्लै कुरा हो। किन बस्न सकिएन त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको लागि अरूलाई सत्तोसराप गरेर हुँदैन। त्यसैले आफूभित्र के कस्ता कमजोरी रहे सबैले समीक्षा गरौँ। कमीकमजोरी भएका भए त्यसलाई सुधार गरौँ।’

 

ओलीमा सबैभन्दा ठुलो समस्या व्यक्तिवादको रहेको आरोप लगाए।उनले थपे, ‘दोस्रो भने आफूलाई सबैभन्दा सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। तेस्रो, अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो। यसबाट मुक्त हुनुपर्छ।’

 

Share: