
काठमान्डौ/दाङमा बलात्कार आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।
उनले हिजो दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५, रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।
उनका अनुसार पीडितले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय दाङलेप्रहरीले जनाएको छ ।