नेप्से आठ अंकले बढ्यो

119
0
Share:

काठमान्डौ/साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.१० अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक वृद्धि भए पनि यस दिन कारोबार रकममा भने कमी आएको छ ।

 

यसदिन २७२ धितोपत्रको ३४ लाख ९५ हजार ७५२ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । आज लगानीकर्ताको कूल सम्पत्ति मूल्य ९कूल बजारपुँजीकरण० २७ खर्ब ५९ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ ।

 

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज आइतबारको तुलनामा कारोबार रकम ३३ करोड रुपैयाँ घटेको हो ।

 

आइतबार एक अर्ब ६० करोड रुपैयाँको सेयर करोबार भएको थियो । आज एक अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन शिवम् सिमेन्टको कारबोर रकमले बढी हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ३४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

Share: