उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन

143
0
Share:

काठमान्डौ । जनता समाजवादी पार्टीका संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यद्यपि आधिकारिक घोषणा भने केहीबेरमा हुने एक नेताले जानकारी दिए ।

 

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं-२, बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

Share: