
पुजन धिताल :- काठमान्डौ/काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ मा बन्दै गरेमो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछी (क्रयाक) भएकोमा स्थानीयहरुले विरोध जनाएका छन् । स्थानीयले यस अगाबै पटक पटक स्थानीय सरकार, ठेकेदार र सम्बन्धित सबैमा गुनासो गर्दै आएको स्थानियहरु बताउँछन् । स्थानीय पटक पटकको गुनासो पछि आज नगर प्रमुखले निर्माणाधिन पुलको निरिक्षण गरेका छन् । यो पुल ६ वर्ष अघि नै निर्माण प्रारभ गरिएको थियो ।
आज पाँचखाल नगर प्रमुख पुल निर्माण स्थालनै पुगेर नगर प्रमुख महेश खरेल निर्माण व्यवसयी लाई छलफलका लागी नगरपालिकामा बोलाईएको बताए । निर्माण ब्यवसाहीसंग छलफल गरी सबै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने बाचा पनि स्थानियसहित पुल निर्माण स्थल पुगेका मेयर खरेलले गरेका थिए ।
पाँचखाल नगरपालिका वडा नं १२ नागबेलीको झिकुखोलामा संघ सरकारको ठेक्कामा निर्माणाधिन पक्की पुल ठेकेदारको लापरबाहीले बनिनसक्दै भाँचिएको खबर पाएपछि स्थलगत निरिक्षणमा नगर प्रमुख पुगेका हुन् । ६ बर्ष अघि ठेक्का सम्झौता गरेरे कार्य थालनी गरेको उक्त पुल ठेकेदारले काम नगरेपछि स्थानीय सरकारले पटक पटक झकझक्याउँदा बल्ल निर्माण थालिएको थियो । तर पुल बन्दा बन्दै भाँचिएपछि स्थानीयमा झन समस्यामा परेका हुन् ।
सो पुल निर्माण नहुदा खेतिवालीमा जाने कृषक, पाँचखालका स्थानीयसँगै तेमाल, चौरी देउराली गाउँपालिका तथा रामेछापका केहि पालिकामा जान समेत यो पुल हुदै जाने मार्गले सहजता प्रधान गर्ने थियो। तर पुल समयमै निर्माण नहुदा र क्रयाक भएको पुललाई नै यत्तिकै मर्मत गरेर सञ्चालन गर्दा जन धनको क्षति हुने हुँदा पुरै भत्काएर पुनः बनाउनुपर्ने स्थानीयको दाबि छ ।
स्थानीयलाई पुल निर्माण नहुँदा दैनिक आउ जाउ गर्न, विद्यालय जाने विद्यार्थी र खेतीपातीका लागि समान लैजाने तथा सोहि बाटो हुदै जाने व्यक्तिलाई अत्यन्तै समस्या रहेको र आफुले निरिक्षण गरेको र सम्बन्धित सबैको ध्यानाकर्षण गराएको मेयर खरेलले जनाकारी दिए । आज निरिक्षण पछी पाचाखाल नगरप्रमुख महेश खरेलले सामाजिक सन्जालमा यस्तो लेखेका छन् ।
मेयर यसो लेख्छन : “ पाँचखाल नगरपालिका वडा नं १२ नागबेलीको झिकुखोलामा संघ सरकारको ठेक्कामा बनेको पक्की पुल ठेकेदारको लापरबाहीले बनिनसक्दै भाँचिएको खबर पाएपछि स्थलगत निरिक्षणको क्रममा । ६ बर्ष अघि ठेक्का परेपनि ठेकेदारले काम नगरेपछि स्थानीय सरकारले पटक पटक झकझक्याउँदा बल्ल बन्न लागेको पुल बनिनसक्दै भाँचिएपछि स्थानीयमा झन समस्या बढेको छ । खेतिवालीमा जाने कृषक, पाँचखालका स्थानीय सँगै तेमाल, चौरी देउराली गाउँपालिका तथा रामेछापका केहि पालिकामा सजिलो हुने पुल यत्तिकै मर्मत गरेर सञ्चालन गर्दा जन धनको क्षति हुने हुँदा पुरै भत्काएर पुनः बनाउनुपर्ने देखिन्छ । यसरी बन्ने योजनामा स्थानीय सरकारलाई सहभागी गराएर काम गर्दा प्रभावकारी देखिन्छ । यस बारेमा सडक डिभिजन कार्यालय, प्रदेश सरकार तथा संघ सरकारलाई ध्यानाकर्षण गराउँन चाहान्छु ।”