सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी

137
0
Share:

काठमान्डौ/सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

 

वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो ।

 

प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भबभएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकामा समय सीमाभित्र दुई सय ४९ जनाको उजुरी दर्ता भएको आएको प्रजिअ पाण्डेले जानकारी दिए ।

 

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ विरुद्ध उजुरी परेकामा दुईजना प्रतिनिधि पनि रहेका छन् । इनरुवा ६ का वडाध्यक्ष सुमन थापा र कोसी–१ का वडाध्यक्ष सोभितनारायण यादवविरुद्ध उजुरी आएको प्रजिअ पाण्डेले बताए ।

 

प्राप्त निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षबिचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

Share: