चूडामणि शर्माको मुद्दा १२ दिनदेखि हेर्दाहेर्दैमा

131
0
Share:

काठमान्डौ/आन्तरिक राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दा १२ दिनदेखि हेर्दाहेर्दैमा राखेको छ । श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मुद्दाको सुनुवाइ गरिरहेको छ ।

 

२०७४ साउन १ गते र २०७८ असार ९ गते दर्ता भएको राजस्व चुहावटसम्बन्धी शर्मा, लुम्वध्वज महत र उमेशप्रसाद ढकाल सम्मिलित मुद्दा तथा २०७४ माघ १५ गते दर्ता भएको शर्मा र उनकी श्रीमतीसँग सम्बन्धित गैर कानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको हो ।

 

वैशाख २४ गतेबाट लगातार हेर्दाहेर्दैमा रहेको मुद्दाबारे २५, २७, २८, ३१ गते तथा जेठ १, २, ३, ४, ७, ८, ९ गते बहस सुनेको छ । कर फर्छ्योट आयोगमार्फत अस्वाभाविक रूपमा कर मिनाहा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन तीन पदाधिकारीविरुद्ध १० अर्ब २ करोड बिगो दाबी गर्दै २०७४ साउन १ गते मुद्दा दायर गरेको थियो ।

 

त्यसपछि शर्मा र उनकी श्रीमतीविरुद्ध ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको थियो ।

Share: