सरकारले मलाई दिने भनेको रकमले अस्पताल बनाउनु : चन्द्र भण्डारी

Share:

काठमान्डौ/ प्रतिनिधि सभा सदस्य तथा काँग्रेसका नेता चन्द्र भण्डारीले आज उपचारपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन्। उनले सम्बोधनको क्रममा भने बल्ल बल्ल बाचेर आएको छु। र संगै राज्यले सबैको ग्यास र अन्य कुरा पुर्याएपनि यससँग सम्बन्धित सुरक्षाका कुरा नपुर्याएको गुनासो गरेका छन्। उनले नेपालमा जलनको उपचार गर्न थप अस्पताल बनाउन ध्यान दिन आग्रह गरेका छन्।

 

उनले सरकारले आफ्ना लागि दिने भनेको उपचार रकमले बरु अस्पताल निर्माणमै लगाउन आग्रह समेत गरेका थिए। उनले जलनका घटनाकम गर्न पाठ्यक्रममा समेत ध्यान दिन जरुरी रहेको बताएका छन्।उनले भने हामीले एक अस्पताल निर्माण गर्न सकेका हामीले क्याईमेटका हिसाब देखि अन्य हिसाबले पनि एसियाकै उत्कृस्ट बनाउन सकिने अनुरोध प्रधानमन्त्री लाई गर्ने अवसर पाए , उनले प्रधानमन्त्री लाई हेर्दै बताए।

 

उनले सम्बोधनका क्रममा “गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा विजुली पुग्यो तर हामीले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा पाठ्य पुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बच्चाहरु रोड क्रस गर्दा कसरी गर्ने वा ग्याँँस, विजुली कसरी प्रयोग गर्ने भन्ने बारेमा आफ्नो देशको पाठ्यपुस्तकमा पढ्न पाउँछन् ।हाम्रोले त्यस्तो गर्न सकेननौ ।”

 

Share: