राहदानी विबादबारे रबिको ४ स्पष्टीकरण, घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : लामिछाने

259
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मान्छेलाई इरिटेट गर्ने नि सिमा हुन्छ र आफुले नागरिकता पुन:प्राप्ति र अमेरिकन राहदानी २०७५ साल मै अध्यागमन विभागलाई बुझाएको खुलासा गरेका छन्। लामिछाने विरुद्ध हिजो पुन: मुदा भएको थियो। उता कांग्रेस सांसद अजयकुमार चौरसियाले नागरिकता र समानुपातिक सांसद बनाउन पैसा उठाएको प्रसंग हिजोनै संसदमै उठाएपछि संसदमा रवि लामिछाने र रास्वपाका साम्सद आक्रोशित भएका थिए। संसदमै आपति जनाएका रबिले आज पुन:सामाजिक संजालमा लेख्दै आफुले यस अगि नै टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण पेश गरेको थीए भन्दै आक्रोस पोखेका छन् ।

 

उनलाई हिजो सर्वोच्चमा दर्ता भएको मुद्दामा आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिती तोकिएको छ । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका छन् ।उनी सफलले यस अगिपनि उनको नागरिकताको मुद्दा दायर गराएका थिए।रिट निवेदनमा लामिछाने प्रतिनिधि सभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ । रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

 

यसैका विच मुद्दा हाल्नु र मुद्दा हाल्ने उधोग खोल्नु फरक कुरा रहेको भन्दै हिजो नै चौरसिया लाई रोक्दै संसदमै आपति जनाएका थिए। उनले कांग्रेस संसद चौरसिया लाई अदालतमा विचाराधिन रहेको मुद्दामा संसदमा बोल्न नमिल्ने र समानित अदालतले माग्दा र बोलाउदा गएर कागजात उपलब्ध गराएको र सो निस्सा तपाईलाई बुझाउनुपर्ने हो भन्दै प्रश्न चौरसिया लाई बोल्दा बोल्दै रोकेर गरेका थिए।

 

सोहि पश्चात आज लामिछाने सामाजिक सन्जालमा केहि बेर अगि लेख्छन :– “मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ। “

Share: