ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ? आजको बजारभाउ हेर्नुहोस्

160
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजारले घटेर तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यस्तैगरी, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो ।

 

बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Share: