
काठमान्डौ/ताप्लेजुङमा आज बिहान स्कारपियो जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।आज बिहान ८ः३० बजेतिर गुम्बानजिक सडकबाट जिप करिव एक सय मिटर तल झरेर भएको छ। दुर्घटनामा फुङ्लिङ नगरपालिका –६ का सागर गुरुङका नाबालक छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए।
लिम्बूका अनुसार दुर्घटनामा परी गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगीएता पनि बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउने क्रममा अनियन्त्रित भई स्कारपियो दुर्घटना भएको र चालक कृष्ण गुरुङ घाइते हुनुभएको छन । आँखालगायत शरीरका अन्य भागमा चोट लागेको र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दै गरेको प्रहरीले जनाएको छ।