
काठमान्डौ/मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् ।पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् ।
पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन् ।